राष्ट्रियसभा निर्वाचन प्रक्रिया आजदेखि सुरु


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय सभामा सदस्यका लागि आज देखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आजबाट मतदानको प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन अहिलेसम्म १२ दल दर्ता भएका छन् ।