आइआईएमएस कलेजका १ सय ५० भन्दा बढी विद्यार्थी दीक्षित



न्युज अफ नेपाल, काठमाडौं ।

इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट,आइआईएमएस कलेजका १ सय ५० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।मलेसियाको क्वालालम्पुरस्थित युसीएसआई युनिभर्सिटीबाट सम्बन्धन प्राप्त आइआईएमएस कलेजले शनिबार काठमाडौंको म्यारियट होटलमा आफ्नो पहिलो औपचारिक दीक्षान्त समारोहमा दीक्षित हुने ४ सय मध्ये १ सय ५० भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजका शैक्षिक निर्देशक बृहत् सिंह बोश्वाले जानकारी दिनुभयो ।

सन् २०१० मा स्थापना भएको आइआईएमएस कलेजबाट ग्र्याजुएट, ब्याचलर इन आइटी (बिआइटी) कम्प्युटिङतर्फका ६ वटा ब्याच र ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएमका गरी १ सय ५० भन्दा बढी विद्यार्थी दीक्षित भएको उहाँले बताउनुभयो ।

दीक्षित विद्यार्थीलाई शुभकामना ज्ञापन गर्दै कार्यक्रमका प्रमुख अतिथि, नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले टेक्नोलोजीमा आधारित गुणस्तरीय शिक्षा मार्फत देश विकासमा योगदान पुर्‍याउन शुभेच्छा व्यक्त गर्नुभयो । त्यस्तै, क्याम्पसका कार्यकारी प्रमुख, सिइओ सविन्द्र महर्जनले नेपालमै बसेर प्रविधिमा आधारित अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताउनुभयो ।

मलेसियाको युसिएसआई, विश्वविद्यालयबाट सम्बन्ध लिएर नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट, आइआइमसले, आइटी, बिएचएम, तथा बिबिए कोर्ष सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्