जनता गरिब कहिलेसम्म ?



भूपरिवेष्टित हाम्रो देश नेपाल प्रचूर सम्भावना बोकेको देश हो । वास्तवमै भन्नुपर्दा हाम्रो देश नेपाल सबै कुरामा धनी छ । जलस्रोतको दोस्रो धनी देश भनेर हाम्रै देशलाई चिनिन्छ । परम्परा, धर्म, कला, संस्कृति, रीतिरिवाज, रहनसहन, भेषभूषा सबै कुरामा धनी छ हाम्रो देश ।

प्रचूर सम्भावना बोकेको वन क्षेत्र हाम्रै देशमा छ । हाम्रो देशमा अहिले वन क्षेत्रअन्तर्गन नै काठ, फर्निचर, जडीबुटी, पशुपालन, पर्यटन, कार्बन आदिजस्ता विषयमा १० हजारभन्दा बढीको हाराहारीमा उद्योग सञ्चालन गर्न सक्ने क्षमता छ ।

लाखौं नेपालीले रोजगारी पाउने सम्भावना उत्तिकै रहेको छ । तर यति धेरै सम्पदाहरूले भरिपूर्ण देशका हामी नागरिक सधैँ गरिबको गरिब नै छौं । कारण हो हाम्रो देशमा प्रभावकारी कानुन बन्न नसक्नु । यसरी कानुनको कमीका कारण हामी जनता गबि बनेका हौँ ।

– सरु सुन्दास, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्