देउवा दाइलाई शुभकामना !



नेपाली कांग्रेसले १४ औँ महाधिवेशनबाट फेरि शेरबहादुर देउवालाई सभापतिमा चयन गरेको छ । उमेरले ७० नाघेका देउवा देशको प्रधानमन्त्री समेत छन् । हालसम्म ५ पटक प्रधानमन्त्री भइसकेका देउवा सभापतिमा दोहोरिएका छन् । यति धेरै अवसर पाउँदा पनि खासै सम्झन लायक काम गरेका छैनन् ।

तर, उनले कांग्रेसलाई कोइराला परिवारवादबाट दुईपटक जोगाए । लोकतन्त्रका लागि १० वर्ष जेल बसेका देउवा सामान्य घरानाबाट यहाँसम्म आइपुगेका हुन् । उमेर पनि पुगिसक्यो । नेपालको राजनीतिको केन्द्रमा हुनुहुन्छ । अब चाहिँ देशका लागि सोचेर केही सम्झन लायक काम गरेर नेपाललाई अघि बढाउन देउवा दाइलाई आग्रह छ । फेरि पनि बधाईसहित सुस्वास्थ्य दीर्घायुको कामना देउवा दाइ ।

– सम्झना रौनियार, काठमाडौं ।

 

 

प्रतिक्रिया दिनुहोस्