कांग्रेस महाधिवेशन : प्रचार प्रसारमा व्यस्त थलकुमार



न्युज अफ नेपाल, काठमाडौं ।

चार दशक लामो सक्रिय राजनीतिका अविश्रान्त योद्धा थलकुमार लिंखाले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । संस्थापन पक्षको आदिवासि जनजाति टिममा परेका लिंखा चुनावि मैदानमा प्रचारप्रसार गरिरहेका छन् ।

देउवा टिमको लिस्टमा चौथो नम्बरमा परेका त्याग, समर्पण, निष्ठाका पर्याय भनेर चिनिने लिंखा २०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका हुन् । संखुवासभाको मादी माविबाट उनले नेविसंघको राजनीतिक यात्रा सुरु गरेका हुन ।

वि।सं २०३८ सालमा सङ्खुवासभा नेविसंघको जिल्ला कार्यसमिति सचिव,२०४२ सालमा हात्तीसार क्याम्पस धरानको नेविसंघ इकाई सभापति, २०४४ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका लिंखा २०४८ सालमा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय सदस्य बने । लोकतान्त्रिक आन्दोलनका अथक यात्री लिंखा २०५३ सालपछि उनी ५ पटक सङ्खुवासभाबाट पार्टीको महाधिवेशन÷महासमिति सदस्य बनिसकेका छन् ।
२०७० संविधान सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बन्ने बाहेक उनले हालसम्म लाभको पद भने प्राप्त गर्न सेकेका छैनन् । संस्थापन पक्षीय युवा नेता लिंखा पार्टी पार्टीका नेता तथा कार्यकर्ताको सल्लाहमा आफूले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको बताउँछन् । लिंखा लामो समदेखि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्दै आएका नेता हुन । लिंखा गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पनि पत्याएका नेता हुन ।
देशव्यापी नेटवर्क बनाएका लिंखा जनजाति समुदाय लोकप्रिय नेता मानिन्छन् । पार्टीप्रतिको समर्पण त्याग, लगानी र दुःख गर्ने कुरामा  जनजाति समुदायमा उनको भूमिका उल्लेख्य रहेका कांग्रेसका नेता कार्यकर्ता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्