अवैध ६२ क्युफिट काठसहित ट्र्याक्टर नियन्त्रणमा 



बुद्ध नेपाली, सिन्धुली ।

प्रहरीले बिपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका ६ खाल्टे निगुली खोलाबाट अवैध काठ सहित ट्र्याक्टर नियन्त्रणमा लिएको छ । खयर, आँप र पिपल जातको ३१ थान अर्थात ६२.४६ क्यु फिट अवैध काठ सहित ना५त १०९६ नम्बरको ट्याक्टर र चालक सुनकोसी गाउँपालिका ६ का वर्ष २३ का मेघ बहादुर अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज दिउँसो सुनकोसी गाउँपालिका ।६ खाल्टे पुल निगुली खोलाबाट बिपी राजमार्ग तर्फ अवैध काठ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा आवश्यक कागजात नभएको पाइएपछि ट्र्याक्टरलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नाउव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्याक्टर धनी सुनकोसी गाउँपालिका ६ का ४० वर्षिया ज्ञानेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ । आवश्यक कारबाहीको लागि ट्र्याक्टर , ट्याक्टर धनी र चालकलाई सब डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाईएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्