सिटौलाले स्थापित गर्न खोजेको दुई नेता : पौडेल र हुमागाई



न्युज अफ नेपाल, काठमाडौं ।

१४औं महाधिवेशनको कुम्भ मेलामा होमिएको सत्ताधारीदल नेपाली काग्रेसभित्र तेस्रो धारको रुपमा रहेका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना पक्षका दुई नेता प्रदिप पौडेल र शिवप्रसाद हुमागाईलाई पदाधिकारीमा स्थापित गर्ने प्रयास गरिरहनु भएको छ ।

आफु पछाडी हटेर भएपनि आफ्नो पक्षका नेताहरुलाई स्थापित गराएरै छोड्ने अडानमा रहेका नेता सिटौलाले पौडेललाई महामन्त्री र हुमागाईलाई सह–मामन्त्रीको रुपमा अघि सार्नु भएको छ । साथै सिटौलाले पौडेललाई आफ्नो उत्तराधिकारीको रुपमा प्रस्तुत गर्दै युवाहरुको नेतृत्व सुम्पनु भएको छ ।

अघिल्लो महाधिवेशन भन्दा आफ्नो शक्ति बढेको बताउने सिटौलाले पदाधिकारीमा पौडेल र हुमागाईलाई समेट्ने टिम संग आफ्नो सहकार्य हुने संकेत गर्नुभएको छ । काग्रेस भित्र पुनः सभापति हुने रणनीतिमा लाग्नु भएका सभापति शेरवहादुर देउवाले आफ्नो प्यानलमा रहने पदाधिकारीको टुंगो लगाउन सकेका छैनन भने अर्को समुह वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले सभापतिको साझा उमेद्वार छान्न सकेको छैन ।

‘संकट, जोखिम र अभावमा जो मेरो साथमा छन उनिहरुलाई म छोड्न सक्दिन’ सिटौलाले भन्नुभएको छ– म पछाडी हटेर भएपनि आफ्नो पक्षका नेताहरुलाई स्थापित गराएरै छाड्छु ।

प्रतिक्रिया दिनुहोस्