नेपाल ढकाल समाज प्रतिष्ठान काठमाडौंको अध्यक्षमा रेवतीरमण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल ढकाल समाज प्रतिष्ठान काठमाडौं शाखाको अध्यक्षमा रेवतीरमण ढकाल(सालिकराम) चुनिनु भएको छ । शनिबार सम्पन्न दोस्रो भेलाले उहाको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टीकाराम शर्मा ढकालको प्रमुख आतिथ्यतामा गठित कार्यसमितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः लिलाप्रसाद ढकाल, अर्जुनप्रसाद ढकाल, ज्ञानहरी ढकाल र शुशिला ढकाल चयन हुनुभएको छ ।

सदस्यहरुमा बिमला ढकाल, गुरूप्रसाद ढकाल, बेन ढकाल, नगेन्द्र प्रसाद ढकाल, प्रकाश राज ढकाल, एकराज ढकाल, हरीनाथ ढकाल, रामहरी ढकाल मोतिराम ढकाल र नारायण ढकाल चुनिनु भएको छ । देशका विभिन्न क्षेत्रबाट उपत्यकामा बसोबास गरेका ढकाललाई संगठिन गर्न गठन गरिएको समितिले तत्काल नयाँ कार्ययोजना तय गर्नेछ ।

भेलामा बोल्दै राष्ट्रिय अध्यक्ष ढकालले देशैभरका ढकाललाई एकत्रित गर्न प्रतिष्ठान गठन गरिएको बताउनुभयो । भन्नुभयो–‘अहिलेसम्म करिब ५६ जिल्लामा समितिगठन गरेका छौ,निकट भविष्यमा ७७ वटै जिल्लामा कार्यसमिति गठन गर्नेछौ । कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष रेवतीरमण ढकालले समितिले कार्यालय स्थापना, वंशावली प्रकाशन लगायतका काम गर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार विभाग प्रमुख ईश्वरप्रसाद ढकालले प्रतिष्ठानलाई व्यवस्थित रुपमा सञ्चालन गर्न वेवसाईट निर्माण, वंशावलीको समाग्री तयारी लगायतका कामको शुरुवात गरिएको बताउनुभयो । भेलामा केन्द्रीय उपाध्यक्ष जगन्नाथ ढकाल, सचिव दामोदर ढकाल, कोषाध्यक्ष कुलबहादुर ढकाल लगायत केन्द्रीय पदाधिकारीले नया जिल्ला शाखाका नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्