फेरि नगरप्रमुख भएर अधुरो विकास पूरा गर्नुछ



 मदनसुन्दर श्रेष्ठ/नगरप्रमुख,मध्यपुर थिमि नगरपालिका

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ पुनः यही जिम्मेवारीमा आउन चाहनुहुन्छ । नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने, कोरोनाले कति काम गर्न नपाएको अवस्थामा नगरको समग्र विकास गर्ने,मनोहरा र हनुमन्ते करिडोर निर्माण गर्ने, मध्यपुरको आन्तरिक र बाह्य चक्रपथ निर्माण लगायतका काम आंशिकरूपमा भएकाले यसलाई पूरा गर्न दोहो-याउन चाहेको नगरप्रमुखश्रेष्ठले बताउनुभएको छ ।

यसैगरी, शिक्षा र सहकारीका क्षेत्रमा ऐन बनाएर धेरै काम गर्न बाँकी छ भन्दै स्वास्थ्यको क्षेत्रमा, कम्पोस्ट मल प्रविधिलाई नगर,उपत्यका र प्रदेशभरि फैलाउन तथा गन्तव्य मध्यपुरलाई पूरा गर्ने सपना र सोचलगायत काम पूरा गर्न एक कार्यकालले नपुगेको महसुस उहाँले गर्नुभएको छ ।दोहो-याएर बाँकी अर्को कार्यकालमा सबै काम पूर्ण गर्ने लक्ष्य निर्धारण गरिसकेको उहाँको भनाइ छ ।चार वर्षको अन्तरालमा नगरको मुहार पूर्णरूपमा फेरिएको दाबी गर्दै प्रतिकुलताका बाबजुद पनि प्रष्ट भिजनका साथ अनियमिततामा नमुछिई स्पष्ट विचारका साथ विकासको मोडल बनाएर आफूले काम गरेकाले जनताले आफूलाई दाहो-याउन हात कमाउनुनपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘संघीयताको मोडलमा पहिलोपटक मेयर हुँदा त गर्व लागेको थियो तर काम गर्दै जाँदा संघीयता व्यावहारिकरूपमा कार्यान्वयनमा आइनसकेको महसुस भयो ।संघीय र प्रादेशिक सरकारी कर्मचारीले यसको मर्मलाई इमान्दारपूर्वक कार्यान्वयन गरेको नपाइएको भन्दै उहाँले सकेसम्म अठ्याउने र अप्ठ्यारो पार्ने नियत मात्र देखिएकोले जनप्रतिनिधि ,कर्मचारी मन्त्रीसँग द्वन्द्व गर्नुपर्ने स्थिति रहन गएको बताउनुभयो ।संघीयता कार्यान्वयन गर्ने सम्बन्धमा अन्तरद्वन्द्व रहेको र कर्मचारीले संघीयता नरुचाएको उहाँको कटु अनुभव छ ।

घोषणापत्रअनुसार धेरै काम ग-यौं गर्न खोज्याै, उहाँ भन्नुहुन्छ,‘तर, पूर्णरूपमा काम गर्न भने नगरपालिकाको राजनीतिक समीकरण र अवस्थाले सकिएन तर पनि मध्यपुरमा सुनिने र देखिने गरी परिवर्तन गरेका छौं । शिक्षा,स्वास्थ्य फोहोरमैला व्यवस्थापन, खानेपानी वितरण, सम्पदा पुनर्निर्माण,जग्गा एकीकरण आयोजना र दिगो विकासका सन्दर्भमा घोषणापत्रमा उल्लेखित र निर्देशित भए अनुसार मध्यपुरको समग्र विकासको दिशामा काम गरेका छौं ।धेरै कुरामा सफलता पायौैं, तर पूर्ण सन्तुष्ट हुने ठाउँ छैन’ नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

२० देखि २५ वर्षको भिजनअनुसार घोषणापत्र जारी गरेका थियौं ।त्यो पाँच वर्षको अवधिमा पूरा हुने कुरा त भएन उहाँ भन्नुहुन्छ– ‘बजेटको सीमितता, नीतिरूपमा कार्यान्वयन गर्न नगरपालिकाको समीकरणअनुसार चरम अल्पमतमा रहेर काम गर्दा समन्वयन गर्न र व्यवस्थापनमा बढी समय लाग्यो,अर्को कर्मचारीसंघीताको मर्मविपरीत जान खोज्दा कारबाही गर्नुपर्ने र फर्काउने अवस्थाले काममा केही बाधा आए ।सम्पदा संरक्षण नेपालकै नमुना र अगुवाइको रूपमा रहेको उहाँको दाबी छ ।३७ वटा पाटी,२३ वटा मठ–मन्दिर, १५ वटा पोखरी, पाँचवटा विहार, तीनवटा दरबार,२५ वटा ढुंगेधारा,२० वटा इनार उत्खनन गरेर बनाएको र सबै गल्लीमा ढुंगा छाप्ने तथा शंखधर पार्क कुमारी पार्क,इन्द्रायणी पार्कलगायत १३ वटा पार्क निर्माण सम्पन्न गरेको र यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा समेत मूल्यांकन भएको र एसियन टाउन स्केप एवार्ड जित्न सफल भएको उहाँ बताउनुहुन्छ ।

स्वास्थ्यका क्षेत्रमा पनि नमुनाकै रूपमा काम ग-यौं भन्दै पीएचसीको रूपमा रहेको कोरिया मैत्री नगरपालिका अस्पताललाई अहिले अन्य अस्पतालबाट बिरामी उपचार गर्न आउने अस्पतालको रूपमा विकास गरेको र पीसीआर परीक्षण गर्ने देशमै नगरपालिकाको एक मात्र अस्पतालको रूपमा यो अस्पताल रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।कोरोनाको दोस्रो लहरका बेला अक्सिजन प्लान्ट बनाउन सफल भएको र कोभिडको बेला जुन प्रतिकार्य ग¥यौं त्यो नमुनाको रूपमा रहेको उहाँको दाबी छ ।नगरप्रमुख श्रेष्ठले खानेपानीको क्षेत्रमा पनि उपत्यकामै सबभन्दा व्यवस्थित रूपमा वितरण प्रणाली विकास गरेको उल्लेख गर्नुभयो ।फोहरमैला व्यवस्थापनमा जापानी प्रविधिलाई भित्र्याएर घरघरबाट फोहोर उठाएर कम्पोस्ट मल बनाउने काम शुरू गरेको र ३ करोडभन्दा बढीको मल बिक्री गरेको साथै यहाँको मल राष्ट्रपति कार्यालयको प्राङ्गणमा प्रयोग गरिरहेको र अन्य ५ नगरपालिकाले समेत यो प्रविधिको सिको गरेको उहाँको भनाइ छ ।जग्गा एकीकरण तथा बस्ती विकास ऐन २०७६-०७७ नेपालमै पहिलोपटक ऐन बनाएको मन्त्रालयमा पठाएको र ५ वटा एकीकरण आयोजना सञ्चालनमा रहेको र ७ वटा तरखरमा रहेको जानकारी दिनुभयो ।मानवीय र वातावरणमैत्री विकासमा नगरपालिकाले जोड दिएको, रुखो विकास मात्र नगरेको र सन्तुलन मिलाउने प्रयास गरेको र समग्र विकासमा जोड दिएको उहाँको स्पष्टोक्ति छ ।

उहाँ भन्नुहुन्छ– ‘पूर्ण बहुमत भएको ठाउँमा त अन्तरद्वन्द्व भए भने यहाँ त फरक अवस्था छ ।राजनीतिकरूपमा एकल बहुमत भयो भने सहजरूपमा निर्णय प्रकृयामा जान सकिन्थ्यो जसले गर्दा अलि काममा बढी ढिलाइ भएकोले पूर्ण बहुमत भएको भए अझ बढी काम गर्न सकिन्थ्यो होला भन्ने लाग्छ नगरप्रमुख श्रेष्ठलाई ।तथापि, धेरै साथीको सहयोग पाइयो, तर पनि विवाद र अन्तरसंघर्षमा बढी समय बितेको यथार्थ रह्यो उहाँ भन्नुहुन्छ ।स्थानीय सरकारले काम गर्न मनोबल उच्च चाहिन्छ’ भन्दै राम्रो काम गर्न अख्तियार, सतर्कता केन्द्र र महालेखा कसैले नरोक्ने महसुस भएको छ उहाँलाई ।

आफै विधान ,नियम, ऐन कानुन बनाएर जान सकिने अवस्था छ भन्दै उहाँले संविधानको मर्मअनुसार प्रदेश र संघीय सरकार समन्वय गर्दै चल्नुपर्छ भन्नुभयो ।
आर्थिक लाभ र अनियमितताका सन्र्दभमा हाम्रो नगरपालिका चोेखो भएको दाबी गर्दै नगरप्रमुखखका रूपमा दावाका साथ भन्छु ‘मैले आइकनको रूपमा काम गरेको छु ।’आफू चोखो भएपछि अरूलाई पनि यसैमा डो-याउन सकिँदो रहेछ भन्दै नगरप्रमुख निर्वाचित भइसकेपछि एउटा पार्टीबाट आए पनि समग्र जनताको हो भन्ने मान्यता कामले गरेको बताउनुभयो ।

कोभिडप्रति कार्य,संघीयता कार्यान्वयन गर्ने सवालमा सिंहदरबारसँग अडान लिने कुरामा र पर्यटकीय नगरी बनाउने सन्दर्भमा मिडियामा चर्चित रहेको र मिडिया र मिडियाकर्मीसँग र पत्रकार महासंघसँग समन्वय गरेर काम गरेको उहाँको भनाइ छ ।

प्रस्तुति: पुष्कर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्