खोटाङको कांग्रेस सभापतिमा पूर्व सभापति राई बिजयी



रामधन राई, खोटाङ ।

मंसिर–१०, नेपाली कांग्रेस खोटाङको सभापतिमा पूर्ब जिल्ला सभापति विष्णुकुमार राई बिजयी हुनुभएको छ । सभापति राईले प्रतिद्वन्दी उम्मेद्वार पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्दै बिजयी हुनुभएको हो ।

बिष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल र सर्बधन शेरवहादुर देउवा निकट मानिन्छ । निर्बाचित बिष्णुकुमारले ६ सय ६९ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्दी उम्मेद्वारसर्वधनले ६ सय १० मत प्राप्त गर्नुभएको छ । कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा शुक्रबार सकिएको मत गणनाको नतिजा अनुसार सभापति राईको सम्पूर्ण प्यानल नै निर्वाचित भएका छन ।

यस्तै जिल्ला उप–सभापतिमा ईवन राई र तीर्थराज भट्टरार्ई विजयी बन्नुभएको छ । निर्बाचित उप–सभापति राईले ७ सय ५३ मत र भट्टरार्ईले ७ सय ४२ मत प्राप्त गर्दै जिल्ला उप–सभापतिमा निर्बाचित हुनुभएको हो । उप–सभापतिका अर्का उम्मेद्धार मनोज तिम्सिनाले ५ सय ४३ र राजन सैंजुले ३ सय ८४ मत प्राप्त गर्नुभएको छ ।यस्तै सचिबमा समिर राई र ज्ञानेन्द्र जोशी बिजयी बन्नुभएको छ । सचिब राईले ७ सय १३ र जोशीले ६ सय २० मत प्राप्त गर्दै जिल्ला सचिबमा निर्बाचित हुनुभएको हो ।

सचिबका अर्का उम्मेद्वार रामकुमार राईले ५ सय ११ र रोजन राईले ५ सय ५३ मत पाउनुभएको छ । यस्तै सह–सचिबमा साजन राई र सालिकराम बञ्जरा निर्बाचित भएका छन ।सह–सचिब राईले ६ सय २४ र बञ्जराले ५ सय ९३ मत प्राप्त गर्दै सह–सचिबमा निर्बाचित हुनुभएको हो । सह–सचिबका अर्का उम्मेद्वार ध्यानबहादुर राईले ५ सय ६४ र राजकुमार राईले ५ सय ७७ मत पाउनुभएको छ । जिल्ला अधिवेसनका लागि जिल्ला भरीबाट १३ सय ७३ प्रतिनिधि चुनिएकामा १३ सय २२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्