घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणाली वडा स्तरसम्म विस्तार भयो : गृहमन्त्री खाँण



काठमाडौँ ।

गृहमन्त्री बालकृष्ण खाँणले विविध कठिनाइका बाबजुद घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडा स्तरसम्म विस्तार गरिएको बताउनु भएको छ ।

संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा भएको घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री खाँणले आफूहरूले सन् २०२४ सम्म घटना दर्तालाई सतस् प्रतिशत पु¥याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम काम गरिरहेको बताउनु भयो ।

सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी प्रणाली सुदृढीकरण गर्ने सन्दर्भमा देखिएका चुनौती समाधान गर्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।एसिया तथा प्यासिफिक क्षेत्रका दुई दर्जन बढी सदस्य राष्ट्रहरूको सहभागितामा आयोजित सम्मेलनमा नेपालको नेतृत्व गर्दै गृहमन्त्री खाँणले सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन कार्यलाई महत्त्वपूर्ण योगदान गर्ने बताउनु भयो ।

सबै नेपालीको समयमा नै जनसांख्यिक विवरण अद्यावधिक गर्न र राष्ट्रिय परिचय कायम गर्न घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन प्रणाली आधारको रूपमा रहने बताउँदै उहाँले यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समीक्षा गर्न सम्मेलन आयोजना भएको हो । यसभन्दा अघि सम्मेलन नोभेम्बर १६ देखि १९ सम्म थाइल्यान्डको बैंककमा आयोजना भइरहेको छ ।

सम्मेलनलाई गृहमन्त्री खाँणले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको हलबाट भर्चुअल सम्बोधन गर्नुभएको थियो ।सम्मेलनलाई सम्बोधनपछि गृहमन्त्री खाँणले विभाग र राष्ट्रिय परिचय पत्र निर्माणको सिस्टमबारे जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्