फेवाताल किनारका ६ रेष्टुरेन्टमा आगलागी, करोडौंको क्षति



न्युज अफ नेपाल, पोखरा ।

पोखराको फेवाताल किनारमा एक रेष्टुरेण्टमा आगलागी हुँदा नजिकैका ६ वटा रेष्टुरेण्टमा पूर्णरुपमा क्षति भएको छ । एउटा रेष्टुरेष्टमा लागेको आगोका कारण रेष्टुरेण्टभित्र भएकाे  ग्यास सिलिण्डर पड्किदा नजिकैका थप ५ वटा रेष्टुरेण्टमा आगो लागेर पूर्णरुपमा क्षति भएको हो ।

फेवाताल किनारका पहारीघाट भल्छोपुवा क्षेत्रमा रहेका ६ वटा रेष्टुरेण्टमा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको पोखरा ६ का वडा सदस्य कृष्णहरि पहारीले जानकारी दिए । आगलागीबाट मानवीय क्षति नभए पनि रेष्टुरेण्ट भित्रका सामान जलेर नष्ट भएका छन् ।

आगो निभाउन नेपाल प्रहरी, नेपाल आर्मी र स्थानीय जुटेका थिए। आगो भने नियन्त्रणमा आइसकेको छ । आगलागीको कारण खुलेको छैन ।

साेमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको पहारीलेले बताए। करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो ।

विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि कारण खुल्न सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्