पर्वत अस्पतालमा करोड लगानीमा अक्सिजन प्लाण्ट



पर्वत ।

पर्वतमा अस्पतालमा करोड लगानीमा अक्सिजन प्लाण्ट स्थापना गरिएको छ ।पर्वतमा क्रियाशिल वटा लायन्स क्लब र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मसिन सहितको प्लाण्ट निर्माण गरिएको हो । प्लाण्ट एक समारोहका बिच साँसद पदम गिरीको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो । अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार जडानको प्रक्रिया सकिएका कारण अब सहज रुपमा भर्न सकिने छ ।

‘पर्वतका आठ वटा लायन्स क्लबको सहयोगमा आएको कम्प्रेसर र नेपाल मेडिकल एसोसिएसनबाट प्राप्त भएको प्लान्ट जडान भएको छ । अब अक्सिजन भर्नका लागि सिलिन्डर पोखरा पठाउनुपर्ने बाध्यता हट्ने छ,’ डा. पौडेलले भन्नुभयो । कम्प्रेसर मसिन सहितका उपकरणहरु जडान भए पनि त्यसको सञ्चालनको लागि २ सय २० भोल्ट माथिको विद्युत आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मर सहितका विद्युतीय उपकरणहरु आवश्यक पर्छ । त्यसको ब्यबस्थापन गर्ने काम भैरहेकाले त्यसपछि मात्रै कम्प्रेसर सञ्चालनमा आउने छ ।

अस्पतालमा भर्ना भएका बिरामीहरुको लागि अक्सिजनको आवश्यकता परेमा अहिलेसम्म पोखराबाट भरेर ल्याइएका सिलिन्डर प्रयोग गर्ने गरिएको छ । त्यस बाहेक अस्पतालमा प्रदेश सरकारको बजेटमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजनलाई शैया सम्म पाइप लाइनको जडान गरेर बिरामीलाई अक्सिजन दिने गरिएको थियो । डा. पौडेलका अनुसार नयाँ प्लान्टबाट एक दिनमा ४० सिलिण्डर अक्सिजन भर्न सकिने छ । झन्डै ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मसिनका लागि लायन्स क्लबहरुले ३५ लाख रुपैयाँ लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्