प्रधानमन्त्री देउवाद्धारा गैरकानुनी टेलिभिजनको उद्घाटन

दर्ता नभएको दुई च्यानलकाे उद्घाटन



न्युज अफ नेपाल, काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठ नेपालमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरेका छन् ।

पतञ्जली टिभी उद्घाटन गर्दै प्रधानमन्त्री देउवा पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको उद्घाटन गरेका हुन ।

देउवाले उद्घाटन गरेका यी दुई च्यानल सम्बन्धित निकायमा दर्तासमेत भएको छैन्  । ‘दर्ताका लागि आवेदन नआएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अनुमति लिन संस्था दर्ताको आधिकारिक प्रमाणपत्र, स्पष्ट उद्देश्य खुल्ने संस्थाको विधान, उक्त टेलिभिजनमा प्रयोग हुने उपकरण तथा जिओकोर्डिनेटेड टोपोग्राफिक नक्सालगायत चाहिन्छ । तञ्जलिले टेलिभिजन सञ्चालनको इजाजत नलिएको देखिएकाले बिनाअनुमति सञ्चालन गरेका विषयमा अध्ययन गर्नेसमेत उनले बताए । प्रसारण सुरु गरिसकेको भए कानुनबमोजिम कारबाही गर्ने बताएका छन् ।

पतञ्जलिका गैरकानुनी टेलिभिजन उद्घाटनमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत पुगेका थिए । उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बाचासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्