दाङको लमहीमा बस दुर्घटना २९ जना घाइते



न्युज अफ नेपाल, दाङ ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागी छुटेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा गएराति दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न सकेको छैन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्