चोरी गर्ने समुहका चार भारीतय नागरिक पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सो उद्योगमा कार्तिक ३० गते राती चोरी भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको हैदरावाद घर भई हाल काठमाडौ महानगरपालिका – ९ सिनामंगल बस्ने १८ वर्षिय राजु गिरी र बैंकटेस गिरी, भारतको मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका ३२ बानेश्वर बस्ने ३० वर्षिय मुन्ना साह र ३५ वर्षिय नारद साह छन् ।प्रहरीका अनुसार उद्योगबाट राजु र बैंकटेसले करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी गरेका थिए ।

उनीहरुले चोरीका सामान सिनामंगलस्थित मुन्ना साहले सञ्चालन गरेको कवाडी पसलमा बेचबिखन गरेको पाईएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । सो घटनामा नारद साहले चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट ढलौटको करुवाको बैठक २९ केजी, ५०० ग्राम, करुवाको मुख ७४ केजी, पानसको डण्डी ४७ केजी र कच्चा पदार्थ ४८ केजी।समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका चारै जना विरुद्ध भक्तपुर जिल्ला अदालतमा चोरी मुद्दा पेश गरी ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रनाउ गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्