ब्राजिलकी चर्चित गायिका मेन्डोन्काको निधन


काठमाडौं ।

ब्राजिलकी चर्चित गायिका मारिलिय मेन्डोन्काको हवाइ दुर्घटनामा परि मृत्यु भएको छ । एक कन्सर्टमा जाने क्रममा हवाइ दुर्घटनामा परि उनको मृत्यु भएको हो ।

बीबीसीका अनुसार उनी सवार जहाज ब्राजिलको मिनास गेरिस राज्यमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । यद्यपि दुर्घटनामा उनका आफन्तसहित ४ को मृत्यु भएको बताइएको छ ।

गायिका मेन्डोन्का सन् २०१९ को ल्याटिन ग्रम्मी विजेता हुन्। उनी २६ वर्षकी थिइन् । उनी महिलाहरुको असफल सम्बन्धका बारेमा आवाज उठाउने गायिकाको रुपमा परीचित थिइन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।