काठमाडौँ ।
एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाजुराको हिमाली गाउँपालिका–७, बाँधुस्थित श्री जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ।
दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनलाई सहज बनाउने तथा गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यले बैंकले विद्यालय पोशाक उपलब्ध गराएको हो।
मंसिर ४ गते विद्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकको बाजुरा शाखाका शाखा प्रमुख रामबहादुर बुढाले विद्यालयका प्रधानाध्यापक मोहन जंग शाहीलाई विद्यार्थीका लागि पोशाक हस्तान्तरण गरेका थिए।
हाल उक्त विद्यालयमा १२७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउनुका साथै शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।
एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्