महालक्ष्मी विकास बैंकद्धारा सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण


काठमाडौँ।

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाकी छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ।

बैंकले स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापना गरेको ‘सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर–१४, झापामा अध्ययनरत खातुनलाई प्रदान गरेको हो।

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त छात्रवृत्ति स्थापना गरिएको बैंकले जनाएको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रा खातुनलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए।

आर्थिक अभावका कारण विद्यार्थीले अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बैंकको विश्वास छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जनाएको छ।

यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकले सरल, सहज तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।