काठमाडौँ।
सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि. आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो कार्यक्षेत्रभित्र सर्वाधिक आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो।
कम्पनीले राज्यको कर नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन पाउनु गौरवको विषय भएको जनाएको छ।
यस सम्मानले आगामी दिनमा अझ जिम्मेवार र पारदर्शी रूपमा लगानी तथा वित्तीय सेवाको विस्तार गर्न थप ऊर्जा र प्रेरणा मिलेको कम्पनीको विश्वास छ।
सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका अन्य भगिनी संस्थाहरूले पनि विगतमा आ–आफ्नो कार्यक्षेत्रबाट उत्कृष्ट करदाताका रूपमा सम्मान प्राप्त गर्दै आएका छन्।








तपाईंको विचार लेख्नुहोस्