अशोक पाकिस्तान जाँदै


काठमाडौं, (नेस) ।

सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार पाकिस्तानको इस्लामावाद जानेभएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक पाकिस्तान जान लागेका हुन् । प्रतियोगितामा अशोकसहित नेपालबाट ६ निर्णायक सहभागी हुँदै छन् । त्यस्तै ६ खेलाडी, तथा १/१ प्रशिक्षक र आफिसियल पनि सहभागी हुनेछन् ।

आफ्नो करियरमा अशोकले अनलाइनसहित करिब ६० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । नेपालमा ग्योरोगी, पुम्से र पारा तीनै विधामा निर्णायकको लाइसेन्स प्राप्त गर्ने अशोक एक मात्र निर्णायक हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।