पारामाउन्टद्वारा पदक विजेता सम्मानित



नेपाल समचारपत्र, काठमाडौं ।

बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले चेम्निज अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विजयादशमी र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

जर्मनीमा अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा ३ नेपाली पुरुष खेलाडीले सहभागिता जनाएका थिए । तीनै खेलाडी दोहोरो पदक जित्न सफल भएका थिए । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले चेम्निज ओपनमा पनि दोहोरो स्वर्ण जितेका थिए । त्यस्तै १३ औं सागका कांस्य विजेता मुकुन्द्र महर्जनले १ स्वर्ण र १ कांस्य जित्न सफल भएका थिए । सुमन तिमल्सिनाले पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए । सुमन पारामाउन्ट एकेडेमीकै प्रशिक्षक हुन् । सोही अवसरमा प्रतियोगितामा अफिसियलका रूपमा रहभागी स्वच्छम गुरुङ पनि सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्