भिडियो सुटका लागि भाइरल बसन्तपुरमा देखिएको रातको दृश्य (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

अचेल युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्मको जमघटस्थल बनेको छ काठमाडौँ दरवार स्क्वायर । दिनमा होस् वा रातमा, कुनै पनि उमेर वर्गको आकर्षण केन्द्र बनेको छ यस क्षेत्र ।

विश्व सम्पदामा समेत सूचीकृत यस क्षेत्र १९७० को दशकमा हिप्पीका कारण विश्व चर्चित थियो । यही स्थल अहिले विभिन्न सामाजिक सञ्जालमा फोटो र भिडियो खिच्नेहरुका लागि पनि त्यति नै लोकप्रिय बन्न थालेको छ । बिहान सात बजेदेखि बेलुका सात बजेसम्म सवारी साधन सञ्चालनमा प्रवेश निषेध गरिँदै आएको यस क्षेत्रमा सोमबार राति भने भिन्न दृश्य देखिएको थियो ।

राति करिब साढे नौ बजेतिर गद्दी बैठक अगाडिको सडकमा आकर्षक पहिरनमा सजिएका केहि सुन्दर युवतीहरु दुईवटा गाडीमाथि नाच्दै म्युजिक भिडियो बनाउनमा ब्यस्त देखिए । नेवार, गुरुङ, तामाङ भाषा मिश्रित यो गीतको छायांकन लागि यो स्थान रोजिएको हो ।

प्रतिक्रिया दिनुहोस्