बस दुर्घटनामा चारको मृत्यु



काठमाडौं, (नेस) । 

पाँचथर फिदिम नगरपालिका–४ सखरखण्डेमा को१ख ३८६५ नम्बरको बस सडकबाट २० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा बसमा सवार चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बसमा सवार मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्वल मगर, इलामका ३४ वर्षीया प्रमिला देवान, उनकै ७ महिनाको छोरा निश्चल देवान र हाल नाम, थर वतन नखुलेका १ जना महिला रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रज्वलको पाथिभरा अस्पताल, प्रमिलाको जिल्ला अस्पताल र अन्य २ जनाको समर्पित अस्पताल पाँचथरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा घाइते भएका ६१ जनामध्ये ११ जनालाई थप उपचारका लागि झापातर्फ पठाएको तथा अन्य घाइतेको फिदिमका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्