गुडिरहेको बसमा अगलागी



न्युज अफ नेपाल, धादिङ ।

पृथ्वीराजमार्गको गजुरीबजारमा गडिररहेको यात्रुबसमा आइतबार बिहान अचानक आगलागी भएको छ।

३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाँडौ तर्फ आऊदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा गजुरी बजारआइपुगेपछि अचानक आगलागी भएको हो ।

बसका यात्रुसकुल रहेपनि सामान र बस भने जलेरनष्ट भएको छ

बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

राजमार्ग क्षेत्रमा रहेको दमकल स्थानीयबासीले आगो नियन्त्रणमा लिएपछिमात्र बिहान ४ः३० बजेतिर मात्र घटनास्थलमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्