स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ



भक्तपुर, (नेस) ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरास्थित बीपी बाल आँखा, कान, नाक अस्पताल नजिकबाट प्रहरीले स्रोत नखुलेको ८० लाख रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।

बागलुङ गलकोट नगरपालिका–१० पाण्डवखानी स्थायी घर भई हाल काठमाडांै महानगरपालिका–३२ कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा सुरक्षा जाँचका क्रममा पुनलाई बा४९प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र नगद ३० लाख रुपियाँ लुकाईछिपाई बोकी हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि अनुसन्धानका क्रममा प्रहरीले पुनको कोटेश्वरस्थित कोठामा छापामारी थप ५० लाख नगद बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

पुनलाई बरामद भएको नगद र स्कुटरसहित थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा पुनले गैरकानुनी कारोवार गर्ने गरेको खुल्न आएको सूचना अधिकारी गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्