जुड्डी खोलाले जगन्नाथ गाउँपालिकाको कार्यालय बगायो



दयाराम पण्डित, बाजुरा ।

गत असोज ३१ गते देखि आएको बेमौसमी बर्षासँगै जुड्डी खोलामा आएको बाढीले बुधबार दिउसो जगन्नाथ गाउँपालिकाको कार्यलय बगाएको छ । निरन्तर बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिन कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएको गाउँपालिका सूचना अधिकारी राजेन्द्र जोशीले बताएका छन् ।

कार्तिक २ गते दिउसो अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बिचमा पर्ने जुड्डी खोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठा क्षतबिक्षेत बनाएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । त्यस्तै पाँच शैंयाको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभाहल पनि बगाएको छ ।

कार्यालयमा फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्पुटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, गाउँपालिकाको खेल मैदान, जुड्डी खोला लघु जलविधुत योजनाको तार पोल र महान खोलाले बगाएर क्षतबिच्छेत गरेको छ । गाउँपालिका कर्णाली र जुड्डी खोलाको उच्च जोखिममा बनेको छ । गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएपछि गाउँपालिकामा हुने काम पूर्ण रुपमा प्रभाबित भएको सूचना अधिकारी जोशीले बताएका छन् । पहिरोका कारण केही समय कर्णाली नदी पनि थुनिएको थियो । तर विस्तारै नदी खोलिदा कर्णली नदीले क्षेतीन पुुर्‍याएको बताइएको छ ।

त्यसैगरी अबिरल वर्षाकै कारण सदरमुकाम मार्तडीको त्रिबेणी साना जलविद्यूत केन्द्रको मुहान बाउली खोलाले बगाउँदा तिन दिन देखि विद्यूत सेवा अवरद्ध भएको छ । जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीवल र केन्द्रका कर्मचारीको सहयोगमा गएराति नहर मर्मत गरी बिद्युत सञ्चालन गरेको थियो । तथापी पानीको वहाव घटेसंगै खोलो भासिएर करिव दुुई मिटर तल र नहर माथि भएपछि पुनःबिद्युत सेवा अबरुद्ध भएको छ ।

बिद्युत सेवा सुचारुगर्न बैकल्पिक उपायलगाएर पानी नहरमा चढाउने प्रयत्न भैरहेको त्रिबेणी साना जलविद्युत केन्द्रका अध्यक्ष अशोककुमार रावलले बताए । त्यसैगरी साँफे–मार्तडी सडक खण्डको बल्देको सडक भासिदा विगत लामो समय देखि यातायात ठप्प छ । पानीकै कारण काटेर फालेको धान तथा अन्य बाली सखाप पारेको छ। अन्नबाली सखाप पारेपछि कसरी जहान परिवार पाल्ने चिन्ता किसानलाई परेको छ। । प्राप्त जानकारी अनुुसार बाढिपहिरोका कारण यतिबेला बाजुरामा मानवीय क्षेती भने केही नभएको अधिकारीहरुले बताएका छन् । विहीबार विहान देखि मौसम सुधार भएको छ ।

प्रतिक्रिया दिनुहोस्