विदेशी मुद्रासहित एक जना पक्राउ



किरन धामी,दार्चुला ।

विदेशी मुद्रा सहित दार्चुलाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुहुँ गाउँपालिका–१ पिपलचौरीका ३० वर्षीय तेज बहादुर बमलाई विदेशी मुद्रा सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट रातीको समयमा गस्ती खटिएको प्रहरी टोलीले शुक्रवार राति महाकाली नगरपालिका–४ बांगाबगडबाट बमलाई अवैध विदेशी मुद्रा र अन्य नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिन्भयो ।

प्रहरीले बमको साथबाट मलेसियन रिङ्गीट २ थान, चीनियाँ युआन १ थान, इरानी दिनार एक हजारको १ थान, भारतीय ५ सय रुपैयाँका ९६ थान, २ सयको १ थान, १ सयको १७ थान र नेपाली रुपैयाँ १ हजारको १ सय ६७ थान, ५ सयको १ सय ५९ थान बरामद गरेको जनाएको छ ।

पक्राउ परेका बमलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको प्रहरी नायव उपरीक्षक भट्टले बताउनुभयो । उनीविरुद्ध विदेशी मुद्रा अपचलन कसुरमा कारबाही चलाईने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्