हराएको एक लाख सम्बन्धित व्यक्तिलाई फिर्ता



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट सदरमुकाम खलङ्गा बजार स्थित गैरी खालीमा हराएको एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई बुझाएको छ । गैरी खाली स्थित सडक छेउमा फेला पारेको एक लाख रुपैयाँ कुसे गाउँपालिका ९ मेलविसाउनाका ४५ वर्षीय धर्मे सार्कीलाई बुझाएको हो ।

शुक्रवार बेलुका ६ बजे कुसे गाउँपालिका २ का २१ वर्षीय सुवास सह र भेरी नगरपालिका ४ का २३ वर्षीय धर्म चन्दले सदरमुकाम खलङ्गा स्थित  गैरी खाली सडक बाटोमा फेला पारेको एक लाख रुपैयाँ जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको नागरिक सहायता कक्षको प्रहरी टोललाई बुझाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले हराएको पैसा फेला परेकोले सम्बन्धित व्यक्तिलाई लिन खबर गरेपछि कुसे गाउँपालिका ९ मेल बिसाउना का ४५ वर्षीय धर्मे सार्कीले उक्त रकम मेरो हो भनी जिल्ला प्रहरी कार्यालयमा आएपछि रुपैयाँ फेला पार्ने चन्द र सिंहको रोहवरमा शनिवार बिहान निज धर्मे सार्कीलाई रकम बुझाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधु कुमार थापाले बताउनु भयो ।

नमुना काम गरेकोले चाड पर्व नजिकिँदै आएको बेला अर्काको पैसा फेला पारि सम्बन्धित कार्यालयमा बुझाएकोमा सह र चन्दलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख थापाले धन्यवाद दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्