सिटी अफ ब्राम्प्टनद्वारा क्यानेडियन नेवाः गुथि र महासचिव श्रेष्ठलाई सिटिजन अवार्ड प्रदान



न्युज अफ नेपाल, काठमाडौँ ।

ब्राम्प्टन (क्यानडा),सिटी अफ ब्राम्प्टनले हालै क्यानेडियन नेवाः गुथिलाई ब्राम्प्टन सिटिजन्स अवार्ड अन्तर्गत “लङ्टर्म सर्भिस अवार्ड २०१९” द्वारा सम्मान गरेको छ । सो को सम्मान पत्र ब्राम्प्टन सिटीका मेयर पाट्रिक ब्राउनले हालै गुथिका अध्यक्ष प्रकाश प्रधानलाई प्रदान गर्नु भयो।

नेवाः गुथिले नेवाः एबम नेपाली संस्कृतिको संवर्द्धन,समुदायमुखी कार्यक्रम तथा ब्राम्प्टन नगरको सांस्कृतिक विविधतालाई अझ बढी समृद्ध बनाउन लामो समय देखि कार्यक्रम सञ्चालन गर्दै आएकोले सम्मानित गरेको हो।

नेवाः संस्कृतिको संवर्द्धन र संरक्षण गर्ने उद्देश्यले सन २००५ मा स्थापित क्यानेडियन नेवाः गुथिले १६ वर्षको अवधिमा नेवाः संस्कृतिको समे बजि,नेवाः संस्कृतिको संवर्द्धन र संरक्षण गर्ने उद्देश्य सन २००५ मा स्थापित क्यानेडियन नेवाः गुथिले १६ वर्षको अवधिमा नेवाः संस्कृतिको समे बजि, म्हपुजा, यःमरी पुन्हि लगायत विभिन्न पर्वहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ भने समुदायलाई प्रत्यक्ष सहयोग हुने निःशुल्क कर आवेदन सेवा, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम, नव आगन्तुक सेवा,इत्यादि निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ।

त्यस्तै गरी स्थानीय विश्वविद्यालयसँग समन्वय गरी टोरोन्टो बिस्वबिद्यालयमा प्राध्यापक तथा विद्यार्थीहरुलाई नेवाः संस्कृतिबारे कार्यक्रम,नेपाल भाषा प्रशिक्षण,ब्रोक विश्वविद्यालयसँग मिली नेपाली समुदायको आर्थिक सामाजिक तथा स्वास्थ्य सम्बन्धी अनुसन्धान एबम रायर्सन विश्वविद्यालय का विद्यार्थीहरु द्वारा क्यानेडियन नेवाः गुथिको अध्ययन गरी प्रतिवेदन पेस गरेका थिए।

साथै स्थानीय तथा प्रान्तीय सरकार सँगको सहकार्यमा नव आगन्तुक सेवा ,समेबजि तथा परम्परागत नृत्य,नवबर्ष स्वागत कार्यक्रम सञ्चालन गरिएको थियो भने मादल प्रशिक्षण,संस्थाहरुको वित्तिय तथा कानुनी दायित्व सम्बन्धी कार्यशाला लगायत अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाल प्रवर्द्धन स्टल एव सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आएको छ।

साथै गुथिका महासचिब बिमल मान श्रेष्ठ पनि सिटी अफ ब्रामटन द्वारा सिटिजन्स अवार्ड अन्तर्गत “लङ्गटर्म सर्भिस अवार्ड २०२०” बाट सम्मानित हुनु भएको छ। उहाँलाई पनि सम्मानपत्र सिटी अफ ब्राम्प्टनका मेयर पाट्रिक ब्राउनले प्रदान गर्नु भयो।सम्मानित श्रेष्ठ गुथिका संस्थापक सदश्य हुनुको साथै सन २००८ देखि निरन्तर रूपमा महासचिबको रूपमा स्वयंसेवारत हुनुहुन्छ।

गुथि बाहेक उहाँले क्यानेडियन डाइबिटिक एसोसियसनमा पनि लामो समय देखि स्वयसेबकको रूपमा सेवा गर्दै आउनु भएको छ।उहाँ लाई सन २०१२मा क्यानेडियन डाइबिटिक एसोसियसन, ग्रेटर टोरोन्टो एरियाले “एचिभमेन्ट अवार्ड” प्रदान गरिएको थियो भने यो सम्मानको साथै श्री श्रेष्ठलाई ओन्टारियो प्रान्तीय सरकार बाट पनि सन २०१६ मा “भोलिन्टियर सर्भिस अवार्ड ” प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्