इन्दिराको सम्झना



स्व. इन्दिरा श्रेष्ठको पुण्यतिथिमा श्रद्धाञ्जलि सम्पन्न कलानिधि–इन्दिरा संगीत महाविद्यालयकी संरक्षक तथा पूर्वअध्यक्ष स्व. इन्दिरा श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा ललितपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ।

संगीत प्रवीण मोहनप्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाविद्यालयका उपाध्यक्ष धनबहादुर गोपालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। स्व. श्रेष्ठका छोरा जयपाल श्रेष्ठले कलानिधिको विगतका अनुभवका बारेमा प्रकाश पारेका थिए भने नातिनी जुनी सिं श्रेष्ठले जुममार्फत स्व. श्रेष्ठको गीति एल्बम ‘तिमी बिना’को ‘म जल्दै जान्छु तिमी चितामाथि दाउरा थप्दै जानु’ बोलको गीत गाएर श्रद्धाञ्जलि दिएकी थिइन्। गायिका बबिता सिटौलाले भक्ति संगीत प्रस्तुत गरेर श्रद्धाञ्जलि दिएको कार्यक्रममा नगेन्द्र राईले बाँसुरीवादन प्रस्तुत गरेका थिए।

नवराज सापकोटाले शास्त्रीय गीत प्रस्तुत गरेका थिए। शास्त्रीय गायक पूर्णबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीत क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिले स्व. श्रेष्ठको योगदानको चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्