चन्द्रागिरि पुगेर प्रदान गरियो बेस्ट म्युजिक अवार्ड



संगीत क्षेत्रका विविध ३५ विधाको अवार्ड कार्यक्रम ‘नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण चन्द्रागिरि हिल्स रिसोर्टमा भव्यताका साथ सम्पन्न भएको छ।

तुल्सी मिडियाको आयोजनामा ‘नेपालको सान, संगीतको पहिचान’ भन्ने नाराका साथ सम्पन्न अवार्ड समारोहमा आधुनिक गीततर्पm ‘देउता भाकी’ बोलको गीतबाट युवराज चौलागाईं बेस्ट गायक र ‘नबोली नबोली’बाट समीक्षा अधिकारी बेस्ट गायिकाको अवार्ड चुम्न सफल भए भने ‘दोबाटोमा चौतारी’बाट सुभाष भुसाल संगीतकार, ‘पैसा पैसा’बाट उषा केसी पोखरेल गीतकार तथा ‘बेहुला–२’ बाट दुर्गेश थापा र ‘पुरानो घाउ’बाट पूजा शर्मा बेस्ट मोडलको अवार्ड चुम्न सफल भए। त्यसैगरी, लोकदोहोरी गीततर्पm ‘मेरो हजुर’बाट विमल डाँगी र सरिता डाँगी उत्कृष्ट गीत, ‘फुटेका चुरा’बाट प्रकाश सपूत लोकप्रिय गायकको अवार्ड विजेता भए भने ‘फुलबुट्टे सारी’बाट मिलन नेवार लोकप्रिय गायिका, राजनराज शिवाकोटी लोकप्रिय संगीतकार र पल शाह उत्कृष्ट मोडलको अवार्ड विजेता बने। ‘जेल पनि सहुँला’बाट लक्ष्मी बर्देवा लोकप्रिय मोडल सावित भइन्। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता तथा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौला, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, अभिनेता तथा निर्देशक कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, निर्देशक मिलन चाम्सलगायतको आतिथ्यतामा सम्पन्न समारोहमा ‘नबोली नबोली’बाट विधान कार्की बेस्ट भिडियो निर्देशक, पहिलो मायाबाट सन्तोष राजवाहक भिडियो कोरियोग्राफर, ‘फुटेका चुरा’बाट नवराज उप्रेती छायांकार, अनिता चलाउने लोकगायिका, धु्रवराज पराजुली ‘प्रज्वलित’ भिडियो सम्पादक, ‘गोरखपुरे रेल’बाट युवराज मगर लोकगायक, ‘मायाको झन्डा’बाट गणेश चौलागाईं लोकगीत रचनाकार, ‘माछी भुल्यो’बाट प्रभावन जे लोक गीत कम्पोजर, ‘निष्ठुरे’बाट महेन्द्र गौतम र ‘उखु गुलियो’बाट अञ्जली अधिकारी लोक गीत मोडल, ‘तिमी रिसाउँदा’बाट राहुल रक्स पप गायक, ‘सालघारी’बाट रानी शाक्य पप गायिका, ‘स”गैको साथी’बाट सेन्चुरी सुरेश घमाल पप गीत रचना, ‘तिमी बिना’बाट नागेन्द्र श्रेष्ठ पप संगीत, ‘भन के गरम’बाट सुधीर श्रेष्ठ र ‘बाटोको काँडा’बाट रेबिका गुरुङ पप गीत मोडल अवार्ड विजेता भए।

सञ्चारकर्मी नरेश भट्टराईद्वारा रमाइलो ढंगबाट सञ्चालित कार्यक्रममा ‘हर युग होस्’ प्रेमगीतबाट प्रताप दास ‘बेस्ट पाश्र्व गायक’ र प्रविशा अधिकारी ‘बेस्ट पाश्र्व गायिका’, ‘तिम्रो घरको वरिपरि’बाट अर्जुन पोखरेल संगीतकार, ‘झ्यालैमा’बाट दुर्गा बिसी नव गायक, ‘आकाशैको’बाट अस्मिता परियार नव गायिका, तिमी रिसाउँदाबाट डिमन क्षेत्री र ‘तिमी यति राम्री किन’बाट प्राची लामा डेब्यु मोडल अवार्ड विजेता भएका छन्।

समारोहमा सञ्चारकर्मी कुबेर गिरी, लक्ष्मण सुवेदी र रमेश बस्नेतलाई ‘पत्रकारिता पुरस्कार–२०२०’ बाट सम्मानित गरिएको छ। दुई दशकदेखि पत्रकारितामा क्रियाशील गिरी अनलाइन पोर्टल रातोपाटीमा सिनियर रिपोर्टरको रूपमा कार्यरत छन्। सुवेदी र बस्नेत पनि लामो समयदेखि रंग पत्रकारितामा छन्। कार्यक्रममा विभिन्न विधामा ‘जुरी अवार्ड’ पनि प्रदान गरिएको छ। आयोजक संस्थाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीको अध्यक्ष्ँतामा भएको कार्यक्रममा सचिन रौनियार, पदम भट्टराई, मंगल विक, पूर्ण लिम्बू ‘बेस्ट गायक’, दुर्गा खरेल ‘बेस्ट गायिका’, एलिना चौहान ‘बेस्ट गायिका’, आरसी सापकोटा, विवेक चौलागाईं ‘नव गायक’, महेश आचार्य गीतकार, चाँदनी प्रधान मोडल, धन किरण गुरुङ ‘पब्लिक च्वाइस डायस्पोरा’, खिल बहादुर गुरुङ ‘विशेष निर्देशक’, वीरबल घले ‘विशेष कलाकार’, नरेश भट्टराई भर्सटाइल अवार्ड र आ”चल शर्मा ‘पब्लिक च्वाइस अवार्ड’ नामको जुरी अवार्डबाट पुरस्कृत भए। अवार्डको निर्देशक जनकदीप पराजुली, संगीतकार तथा एरेन्जर राहुल प्रधान र गायक सुमन शेखर मानन्धर निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्