४८ विधामा सगरमाथा अवार्ड



‘सहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८‘ को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूलनाराको साथ हुन लागेका अवार्डमा ४८ विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो। जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिका अध्यक्ष मनोज थापाले जानकारी गराए।

अवार्डमा राष्ट्रिय, फिल्म, आधुनिक र पप विधामा देशभरका कलाकर्मीले सहभागी जनाएको उनले बताए। उत्कृष्ट पाँचको मनोनयन सूचीसहित भोटिङ कोड पनि खुल्ला गरिएको छ। अवार्डमा ५० प्रतिशत भोट र बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ।

आगामी शनिबार राजधानीमा हुने ‘सगरमाथा म्युजिक अवार्ड’मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदानगरिनेछ भने नेपालकला क्षेत्रमाकलमचलाउने पत्रकारलाई सम्मानगरिने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्