गोरखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा भण्डारी निर्वाचित



न्युज अफ नेपाल, गोरखा।

गोरखा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा कांग्रेस नेता सुरेन्द्र भण्डारी विजयी भएका छन् । गोरखा क्षेत्र नं. २ को अधिवेशनमा भण्डारी खर्स आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । भण्डारीले ३११ मत पाएका छन् ।

भण्डारी नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पनि हुन् । उनले कांग्रेसका लागि आफूले इमान्दारिताका साथ काम गर्ने बताएका छन् ।

यस्तै गोरखा क्षेत्र नं. २ को सभापतिमा गोविन्द गुरुङ सर्वसम्मत भएका छन् । सचिवमा शरद देवकोटा र रुपबहादुर गुरुङ चयन भएका छन् । सह–सचिवमा नारायाण धामी र राम गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्