डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनिकरण तालिम



विमल विष्ट, डोटी ।

डोटी जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रका रुपमा काम गर्दै आएको सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले डोटी र बाजुराका गरी कुल २५ बिद्यालयका सम्पर्क शिक्षकहरुलाई विपद् जोखिम न्यूनिकरण तालिमकोआयोजना गरेको छ ।

उक्त संस्थाको सामुदायिक उत्थानशिलता सुदृढीकरण परियोजना अन्तरगत बिपद् जोखिम न्यूनिकरण सम्पर्क शिक्षकहरुका लागि बृहत विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलबायु परिर्बतन सम्बन्धी तालिमको दिपायलमा आयोजना गरेको हो । उक्त तालिम तीन दिन सम्म सञ्चालन हुने बताइएको छ ।

उक्त तालिममा परियोजनाको कार्यक्षेत्र रहेका जिल्लाका बोगटान फुड्सिल, जोरायल गाउँपालिका तथा छिमेकी जिल्ला बाजुराको बुढीगंगा नगरपालिकाका २५ माध्यमिक बिद्यालयका बिपद् जोखिम न्यूनिकरण सम्पर्क शिक्षकहरु सहभागि भएकापरियोजनाका अनुगमन मूल्यांकन जवाबदेही अधिकृत मायाकुमारी बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त तालिममा बिद्यालयमा हुँने प्राकृतीक बिपद् तथा जोखिमबाट बच्नका लागि गर्न सकिने कार्यको अबलम्बन गर्न तथा क्षमता विकास लगाएताका विषयमा जानकारी दिइदै छ । उक्त तालिम समापन पश्चात विद्यालय सुरक्षा योजना निर्माणगरी कार्यान्वयन गरिने लक्ष लिइएको छ । तालिममा सहभागी शिक्षकहरुले विद्यालयले तयार गर्ने विद्यालय सुरक्षा योजनामा सहयोग गर्ने छन् । तालिमको प्रशिक्षक देबेन्द्र गुरुङ र सामुदायिक उत्थानशिलता सुदृढीकरण परियोजना संयोजक बिबेक गौतम रहनु भएको सो संस्थाका अध्यक्ष खड्गराज शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्