कुमारी बैंक र सारथि होटेलबीच सहकार्य



न्युज अफ नेपाल, काठमाडौँ । 

कुमारी बैंक र काभ्रेको धुलिखेलमा अवस्थित होटेल सारथिबिच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक र होटल सारथिबिच आफ्ना ग्राहकलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको हो ।

सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकले सारथि होटेल अन्तर्गतका विभिन्न खानपिन लगायतमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत सारथि होटेलको विभिन्न सेवाहरूमा बैंकको डेबिट/क्रेडिट कार्डवाहकहरूलाई आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंक बनेपा शाखाकी शाखा प्रबन्धक नवीना बैद्यले तथा सारथि होटेलका तर्फबाट प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेलले हस्ताक्षर गरे ।

कुमारी बैंकले देशभर १९६ शाखा सञ्जाल, १६५ एटिएम, ३२ शाखारहित बैंकिङ् इकाई तथा १३ एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्