प्रदेश १ मा ३०२ कोरोना सङ्क्रमित थपिए



विराटनगर ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३०२ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ जना तथा ५०१ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

परीक्षणका क्रममा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा तीन÷तीन, उदयपुरमा दुई तथा ओखलढुङ्गा, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र खोटाङमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशभर ३०७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । दुई महिलासहित पाँच जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्