राष्ट्रघाती एमसीसी ल्याउनेलाई छाड्दैनौं : अध्यक्ष रायमाझी



न्युज अफ नेपाल, पोखरा ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जबरजस्ती ल्याउनेलाई नछाड्ने चेतावनी दिएका छन् ।

बुधबार पोखरामा आयोजित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोेधन गर्दै अध्यक्ष राममाझीले यस्तो बताएका हुन् । उनले एमसीसी सम्झौता राष्ट्र र राष्ट्रियताको पक्षमा नभएको समेत दाबी गरे ।

अहिले देश राष्ट्रिय अन्तर्राष्ट्रिय दलालहरुको बक्र दृष्टिले थिचलिएको, अझ विशेष गरी साम्राज्यवादी दलालहरुको षड्यन्त्रमा थिचलिएको र त्यसको ज्वलन्त उदाहरणको रुपमा रास्ट्रघाती एमसीसी रहेको बताउँदै यसविरुद्ध युवा वर्गलाई निर्णायक सर्घषको लागि तयार रहन आह्वान गरे ।

उनले भने, ‘एउटै कम्पनी एनसेलले मात्र ७० अर्बभन्दा वढी कर तिर्न बाँकी र पचासौँ अर्ब रुपैयाँ विभिन्न उद्योगहरुले बिजुलीको विल तिर्न बाँकी छ, तर यी भ्रष्टहरुले त्यो उठाउन तयार छैनन् किनकि यी सबै कमिसनमा बिकिसकेका छन् ।’

रायमाझीले शिक्षा र स्वास्थ्यमा सवभन्दा ठूलो नाजायज व्यापार भएको र यसलाई माफियाकरणबाट जोगाउन लाग्नुपर्ने बताए ।कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए ।

हेर्नुहोस् भिडियो…

 

प्रतिक्रिया दिनुहोस्