लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र रिलायन्स फाईनान्सको आयोजनामा रक्तदान



न्युज अफ नेपाल, काठमाडौं ।

लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र रिलायन्स फाईनान्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको आयाेजकले जनाएको छ ।

यो प्रत्येक ३ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्ने योजनाको निरन्तरता रहेको क्लबका अध्यक्ष रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी नेपालकै सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्य, रिलायन्स फाइनान्स कम्पनीका सिइओ अनिल श्रेष्ठ, अटो नेपालका एमडी भूषण कुमार श्रेष्ठ लगायत लायन्स क्लबका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिती रहेको थियो । यस्तै अन्य क्लबहरुको पनि सक्रिय सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्