सुनचाँदी व्यवसायी अपहरणमुक्त



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा आइतबार विहान करिब ९ बजे वडा–१० स्थित बासुदेवमार्गबाट अपहरित एक सुनचाँदी व्यवसायीको सकुशल उद्धार गरिएको छ । वडा–११ घर भएर बासुदेवमार्गमा जेएस सुनचा“दी पसल सञ्चालक करिब ४० वर्षीय जीतेन्द्र बिश्वकर्मालाई अपहरणमुक्त गरिएको हो ।

बा. २० च ८९६० नम्बर सेतो कारमा आएका ४÷५ जना अपरिचित व्यक्तिले उनलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।
शजल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले अपहरणकारी र कार खोजी गर्ने क्रममा दिउ“सो करिब पौने १२ बजे हेटौंडा उपमहानगरपालिका वडा–५ स्थित मकवानपुर रिकभरिङ समूहको कार्यालयअगाडि फेला पारेर बिश्वकर्मालाई अपहरणमुक्त गरेको थियो ।

कार चालकलगायत अपहरणकारीको पहिचान गरी खोजी गर्ने क्रममा अपहरणमा संलग्न व्यक्तिहरु र अपहरित बिश्वकर्मालाई मकवानपुर रिकभरिङ समूहको हाताभित्र फेला पारिएको थियो । अपहरित बिश्वकर्मालाई सकुशल अपहरणमुक्त गरिएको र उक्त कार्यमा संलग्न व्यक्तिहरु माथि अनुसन्धान भइरहेको छ ।

अपहरण आरोपमा हेटौंडा उपमहानगरपालिका वडा–१० बस्ने वर्ष ३९ का बिनोदलाल श्रेष्ठ, वर्ष ३० का अनिल लामा, वडा–५ बस्ने वर्ष ३२ का बुद्ध लामा र वडा–२ बस्ने वर्ष २७ का आदेश लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्