एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने



काठमाडौं ।

एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित ७ प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलव्ध गराउने भएको छ ।

एकेडेमीले शनिवार छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिदैँ २३ औं बार्षिकोत्सवको अवसरमा चिकित्सा शिक्षा तथा इन्जिनियररिङ तर्फको पूर्व तयारी कक्षामा सहभागि हुने कोरोना प्रभावित तथा नेपाल सरकारले निर्धारण गरेको आरक्षित समुहलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो ।

विगत दुई दशकदेखि लोकसेवा आयोग अन्तरर्गतका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले ईन्जिनियरिङ र मेडिकल तयारी कक्षामा सहभागि हुने कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने एकेडेमीका अध्यक्ष हरीप्रसाद पौडेलले बताए । उनले भने, “हामीले कलेजका टपरलाई मात्र प्राथमिकता नदिएर राज्यले दिएको कोटा अनुसार छात्रवृत्ति उपलव्ध गराउने छौँ । विद्यार्थीलाई सरकारको मापदण्ड अनुसार नै विद्यार्थी छनोट गरेर छात्रवृत्ति उपलव्ध गराउने छौं ।”

उनले यो संस्थाले समाजिक उत्तरदायित्व स्वरुप यो काम अन्तर्गत काम गरेको र लोकसेवाको चेतनालेल गाउँनै साक्षर बनाउन मदत पुग्ने विश्वास पौडेलको थियो ।

कोभिड प्रभावित विद्यार्थी मध्यबाट छात्रवृत्तिका लागि प्रत्येक प्रदेशबाट ७ जना गरी जम्मा ४९ जनालाई पूर्ण निशुल्क छात्रवृत्ति प्रदान गर्ने एकेडेमीले जनाएको छ । यसका साथै अन्य सम्पूर्ण अध्यनरत विद्यार्थीलाई यो शत्रको लागि ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो ।

एकेडेमीले छात्रवृत्तिका लागि आवेदन दिन सम्बन्धित विद्यार्थी को कोभिड पोजेटिभ भएको सक्कल प्रमाण पत्र , सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा सीटिइभिटीको ३ वर्षीय डिप्लोमा कोर्ष उत्तिणर् गरेको प्रमाणपत्रका साथै नेपाली नागरिक हुनुपर्ने जनाएको छ ।
यस छात्रवृत्ति कार्यक्रममा सहभागी हुन योग्य र इच्छुक विद्यार्थीहरुले यस संस्थामा भौतिक रुपमा उपस्थित भएर वा अनलाइन मार्फत कार्तिक १० गते भित्रमा आफनो नाम

दर्ता गराई सक्नुपर्ने एकेडेमीले जनाएको छ ।कोभिडि छात्रवृत्तिका लागि आवेदक मध्यबाट कार्तिक १३ गते परीक्षा सञ्चालन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्