पञ्चशील बहुउद्देश्यीय सहकारीको २१ औँ वार्षिक साधारण सभा सम्पन्न



न्युज अफ नेपाल, काठमाडौं ।

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरस्थित १९, कुमारीपाटीमा अवस्थित सहकारीको शनिबार साधारण सभा सम्पन्न भएको हो । सहकारीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण गरी साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका कार्यकारी अध्यक्ष श्री राजु खतिवडाले संचालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८/०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि। को आर्थिक वर्ष ०७७/०७८ मा शेयर पूँजी तर्फ रु १४ करोड ७६ लाख १८ हजार ७ सय कायम हुन गएको छ । यस संस्थाले बचत (निक्षेप) तर्फ रु १ अर्ब ७४ करोड ५० लाख ९ हजार १ सय ३४ रुपैँया ८७ पैसा संकलन गरेको छ भने संस्थाले वार्षिक कारोबार २ अर्ब ६७ करोड ६२ लाख ९७ हजार ८ सय ९९ रुपैँया ९५ पैसा पुर्याउन सफल भएको छ ।

त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २३ करोड ४३ लाख ४१ हजार ४ सय २० रुपैँया २९ पैसा रहेको छ । संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष खतिवडाले जानकारी दिए । संस्थाले गत आ.व. ०७७/०७८ मा रु ६ करोड ५४ लाख ७० हजार १ सय ३८ रुपैँया २५ पैसा खुद नाफा आर्जन गरेको छ ।

यस संस्थाले आ.व.  ०७७/०७८ मा १ करोड ८९ लाख ८१ हजार ५ सय ३५ रुपैँया ५१ पैसा आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेको छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिप मुलक तालिम दिने,अन्र्तक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।

सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रवीधिमुलक कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले गत आ.व. २०७७/०७८ देखि आफ्नै संस्थागत भवनबाट शुल्क रहित ए।टि।एम।को सुविधा दिईरहेको अध्यक्ष खतिवडाले कार्यक्रममा जानकारी गराए ।संस्थाले खरिद गरेको नयाँ भवन एःऋी त्यधभच संस्थाका कार्यकारी अध्यक्ष श्री राजु खतिवडा ज्यूबाट वीधिवत रुपमा समुद्घाटन सम्पन्न भएको छ । राज्यको तिन खम्बे अर्थनीति मध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको छ ।

संस्थाले आफ्ना शेयर सदस्यहरुलाई अझ सहज ढंगले सेवा सुविधा दिने उद्देश्यका साथ आ.व. ०७७/०७८ को अन्त्य देखी ललितपुर ,चापागाँउमा पाँचौ सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाले आ.व.  ०७७/०७८ मा आफ्नो सदस्यलाई १८५ शेयर लाभान्स प्रदान गर्न सफल भएको छ ।

आ.व. ०७६/०७७ मा कोभिड–१९ का कारणले स्थगीत भएको संस्थाको संचालक र लेखा समितिको निर्वाचन कार्यक्रमलाई यस आ.व. ००७७/०७८ मा निर्वाचन सम्पन्न गरेको छ । निर्वाचित संचालक समितिमा अध्यक्ष अशोक बज्राचार्य, उपाध्यक्ष देबेन्द्र प्रसाद  श्रेष्ठ, सचिव घनश्याम धमला, कोषाध्यक्ष राम प्रसाद गिरी , सदस्य जीवन देवी शाक्य , सदस्य राजेन्द्र शाक्य, सदस्य भोलानाथ ढुङ्गाना निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । लेखा तथा सुपरीवेक्षण समितिमा संयोजक शेषराज दाहाल, सदस्यमा रामप्रसाद निरौला र सदस्य रुपेश भट्टराई निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्