समाचारकर्मी चापागाईंलाई भ्रातृ शोक



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल समाचारपत्रकर्मी तथा पत्रकार महासंघ काभ्रेका सदस्य रामकृष्ण चापागाईंलाई भ्रातृशोक परेको छ । उनका जेठो दाइ हरिकेशर चापागाईंको शुक्रबार निधन भएको हो ।

बिहान विद्यालय जान हिँडेका हरिकेशर बाटोमा बेहोस अवस्थामा भेटिएका थिए । तत्काल अस्पताल पु¥याउँदा डाक्टरले उनको हृदयघातका कारण मृत्यु भएको घोषणा गरेका थिए ।

हरिकेशर कुसादेवी ¥यालेस्थित शान्ति निकेतन उच्च माध्यामिक विद्यालयका शिक्षक हुन् । उनको शुक्रबार नै पनौतीमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्