इन्टर मिलानको जित



लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ को खेलमा घरेलु टोली इन्टर मिलानले जितको नतिजा निकालेको छ ।

इन्टरले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै १० खेलाडीमा समेटिएको घरेलु टोली फियोरेन्टिनालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । इन्टरको पुनरागमन जितमा माटियो डर्मिएन, इडेन जेको र इभान पेरिरिसले गोल गरे । रिक्कार्डाे सोट्टिलको गोल सान्त्वना बन्यो । स्टेडियो अर्टिमियो फ्रान्चीमा मंगलबार राति भएको खेलको २३औं मिनेटमा रिक्कार्डाे सोट्टिलको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । एक गोलले पछि परेको इन्टरले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिन सफल भएको थियो ।

खेलको ५२औं मिनेटमा माटियो डर्मिएनले निकोलो बरेल्लाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि इडेन जेकोले हकान चलहानोग्लुको पासमा गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए । ७८औं मिनेटमा निकोलस गोन्जालेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली फियोरेन्टिनाको खेलमा फर्कने सम्भावना टाढिएको थियो । निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा इभान पेरिसिसले गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै अपराजित रहेको इन्टरको ५ खेलमा चार जित र १ बराबरीसहित १३ अंक भएको छ । पराजित फियोरेन्टिनाको भने ९ अंक रहेको छ । मंगलबार राति नै भएको सिरी ‘ए’ कै अर्काे खेलमा एट्लान्टाले पनि सस्सुलोलाई २–१ ले पराजित ग¥यो । एट्लान्टाको जितमा रोविन गोसेन्स र डेभिड जापाकोस्टाले गोल गरे । सस्सुलोका डोमिनिको बेरार्डीले एक गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्