भरुवा बन्दुकहित २ जना शिकारी पक्राउ



काठमाडौ (नेस) ।

खप्तड राष्ट्रिय निकुन्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले अबैध रुपमा आरक्षभित्र शिकार गरी रहेका २ जनालाई बन्दुक सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङका दिलबहादुर जेठारा र बीरेन्द्र कार्कीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट भरुवा बन्दुक १ नाल, गोली पांच थान बरामद गरेको छ । उनीहरुलाई थप कारवाहीकालागि खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्