सुर्खेतमा बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते



न्युज अफ नेपाल,  काठमाडौं ।

सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । सिम्ता गाउँपालिका वडा नम्बर ४ को बजेडीचौरमा बुधबार बिहान यात्रुबाहक बस ना ७ ख ६०६३ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपीले जानकारी दिए ।

उनका अनुसार सो बसमा २४ जना यात्रु रहेकोका १२ जनालाई चोटपटक लागेको छ । ती मध्य चार जनाको अवस्थामा गम्भीर रहेको छ । सिम्ताका सन्तोष गिरी, सिम्ताकै आइती सुनार, बस चालक बाँकेको कोहलपुरका बिमोससिंह लामा र बाँकेको बैजनाथ गाउँपालिकाका बसका सहचालक बीरबहादुर बस्नेतलगाएतकाको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्