चोरीपैठारीको लत्ताकपडा र किराना सामान सशस्त्र प्रहरीद्धारा बरामद



काठमाडौं ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित सेमरीबाट असोज ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय कृष्णननगरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले असोज ५ गते करीव १ लाख ९२ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ ।

वेवारिसे अवस्थामा राखेको उक्त सामान सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । त्यसैगरी बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुरस्थित सीमा ईलाकाबाट असोज ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्