लुम्बिनी प्रदेशसभासहितका १६ सांसदकाे मुद्दामा आज पनि सुनुवाइ



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेले कारवाही गरेका लुम्बिनीका २ प्रदेशसभासहितका १६ जना सांसद पदमुक्त गर्नुपर्ने सम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कानूनबमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथि आज अन्तरिम आदेश आउने सम्भवना छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कानूनबमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यस्तै लुम्बिनीका दुई सांसदको हकमा पनि पार्टीले गरेको निष्कासनलाई सभामुखले कार्यन्वयन नगरेपछि एमाले अदालत गएको हो ।

प्रतिक्रिया दिनुहोस्