मानव तस्करीमा संलग्न तीन बर्मेली पक्राउ



काठमाडौ ।

बंगलादेशको शरणार्थी क्याम्पमा बस्दै आएको बर्मेली रोहिग्या शरणार्थीलाई नेपालमा राम्रो भत्ता पाईने र त्यहांबाट नै युरोप अमेरिकासम्म जान सकिने भन्दै नेपाल ल्याएर अलपत्र पार्ने ३ जना बर्मेलीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट युरोप अमेरिका लगायतका देशमा समेत जान सकिने भन्दै प्रति शरणार्थी २ लाख ५० हजार टाका ( बंगलादेशी मुद्रा) लिएर नेपाल ल्याएर केही दिन अघि १४ जना रोहिग्या शरणार्थीलाई बौद्ध ल्याएर उनीहरुले छोडिदिएका थिए । पक्राउ परेका ती शरणार्थीलाई प्रहरीले अध्यागमन बिभागको जिम्मा लगाएको थियो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बर्मेली नागरिक नुरल अमिन,सौफिक,आलम र अहमद उललाई पक्राउ गरेको छ । उनीहरुले नेपालमा अमेरिका जान परिचयपत्र पाईने र नेपालमा बस्दा प्रतिब्यीक्त पुरुषलाई ५ हजार ७ सय ५०, महिलाकालागि ३ हजार ३ सय ५० र बालबालिकाकालागि २ हजार ७ सय ५० भत्ता समेत पाईने प्रलोभन देखाएर बंगलादेशबाट काठमाडौ ल्याउने गरेको ब्युरोले जनाएको छ ।मानव तस्करीमा संलग्न रहेका उनीहरु नेपालमा पनि शरणार्थी जीवन बिताउदै आएको र नेपालमा बिभिन्न ब्यापार ब्यवसायमा संलग्न हुदै आएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्