गाई काट्ने १० जना पक्राउ



हेटौंडा, (नेस) ।पूर्वी मकवानपुरको बकैया गापा वडा–११ मा राष्ट्रिय जनावर गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हात्तीसु“डेबाट खटिएको प्रहरीले उक्त स्थानमा गाई काटेर भाग लगाइरहेका १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बकैया–९ बस्ने वर्ष ५० की सञ्चमाया ब्लोन, वर्ष ४२ की फूलमाया थिङ, वर्ष १८ का सन्देश बिक, बकैया–११ बस्ने वर्ष ३९ का जनकबहादुर लो र बकैया–४ बस्ने वर्ष ४८ का प्रह्लादभक्त न्यासुर छन् ।

आइतबार बेलुका करिब ७ः३० बजे पक्राउ पर्ने अन्यमा बकैया–९ बस्ने बस्ने वर्ष ४० का सोमबहादुर तामाङ, बकैया–११ बस्ने वर्ष ४३ का राजकुमार घलान, बकैया–९ बस्ने वर्ष १९ का सोमार ब्लोन, बकैया–११ बस्ने वर्ष ४० का रवीन्द्र लो र बकैया–११ बस्ने वर्ष ३३ का पम्पराज लो छन् ।

प्रतिक्रिया दिनुहोस्